वीरगन्ज,८मंसिरःश्री सत्य साई बाबाको ९९ औं जन्मोत्सवमा शनिबार वीरगन्जमा शोभा यात्रा निकालिएको छ ।श्री सत्य साई बाबा केन्द्र भगवती टोलले साइ बाबाको मन्दिर प्रांगणबाट निकालेको शोभा यात्राले गीता मन्दिर, माईस्थान, आदर्शनगर, अलखिया मठ हुदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएको थियो ।उक्त शोभा यात्रामा साई बाबााका भक्तजनहरुको सभागिता रहेको थियोे ।
श्री सत्य साई केन्द प्रदेश समितिका अध्यक्ष जीवन प्रसाद चौरसियाका अनुसार, शनिबार नै साई बाबा मन्दिरमा प्रसाद बितरण एवं नारायण सेवाको आयोजना गरिएको छ । त्यसपछि सत्संग एंव भजनकिर्तनको कार्यक्रम पनि राखिएको उनले बताए ।

