Madhes Khabar
खेलकुद

पर्सा क्रिकेट लिगमा युनाइटेड र किन्लिसकाे विजयी सुरुवात 

मधेसखबर
वीरगन्ज,२फागुन : पर्सा क्रिकेट संघको आयोजनामा मंगलबारदेखि वीरगन्जकाे नारायणी रंगशालामा पर्सा क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सदैब तयार रहेको बताए । उनले वीरगन्जको पहिचान देशभर र विदेशमा समेत फैलाउने गरी आफ्नो प्रदर्शन देखाउन खेलाडीहरुलाई आग्रह पनि गरे ।

फागुन ९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका विभिन्न ८ वटा टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब विजयी भएको छ ।नेशनल इन्फोटेकलाई ४ विकेटले पराजित गर्दै युनाइटेडले विजयी सुरुवात गरेको हो ।

टस जितेर व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रनमै समेटिन पुग्यो । १०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको युनाइटेड १७ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

युनाइटेडको जितमा सुरज पटेलले ३९ रनको योगदान दिए भने सन्तोष कार्कीले २४ रन जोडेका थिए ।

यस्तै मंगलबार नै  भएको दोस्रो खेलमा किन्लिस स्पोर्टस विजयी भएको छ ।वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दै किन्लिसले विजयी यात्रा तय गरेको हो ।
टस जितेर व्याटिङ थालेको वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टर १२ ओभर ३ बल खेल्दै ५२ रन बनाएर अलआउट हुन पुग्यो । ५३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको किन्लिसले ११ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएकाे हाे ।

प्रतियोगिता अन्तर्गत बुधबार २ खेल हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मुर्तुजा अहमदले जानकारी दिए ।

Related posts

पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

MadhesKhabar

परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब फाईनलमा

MadhesKhabar

पाकिस्तानलाई हराउँदै भारत नवौं पटक बन्याे एसिया कप च्याम्पियन

MadhesKhabar

Leave a Comment