Madhes Khabar
खेलकुद

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

सिमरा,४असाेज:बाराकाे सिमरामा जारी जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने भएका छन् ।

सिमरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक टोली सिमरा भेट्रान क्लब र सरस्वती नगर भेट्रान क्लब काठमाडौंले शनिबार हुने उपाधि भिडन्त पक्का गरेका हुन् ।

सिमराले पहिलो सेमिफाइनल खेलमा पाहुना टोली क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २-० ले पराजित गरेको हो । आयोजकको जीतमा दुवै गोल रमेश गुरुङले गरेका हुन् । रमेश खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा सरस्वती नगर भेट्रान काठमाडौंले पोखराको ए.बि.सी. भेट्रान क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको हो । काठमाडौंका लागि अनल आचार्य, जगत लामा, महेन्द्र खवास र देवराज नेपालीले गोल गरे । सरोज थापाको प्रहार क्रसबारबाट बाहिरियो ।

पोखराका लागि भने संजयकुमार गुरुङ र विश्वलाल श्रेष्ठ मात्रै गोल गर्न सफल भए । विकर्ण श्रेष्ठ र निलेन्द्र देवानको प्रहार काठमाडौंका गोलरक्षक शम्भु श्रेष्ठले उत्कृष्ट बचाउ गरे । श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शनिबार अपरान्ह ४ बजे सिमरा रंगशालामा सुरु हुनेछ । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।साभार:इशिलालेख

Related posts

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

MadhesKhabar

गाउँपालिकास्तरीय टी– २० क्रिकेट प्रतियोगितामा सखुवा प्रसौनीको विजयी सुरुवात

MadhesKhabar

नेपाललाई जिताउन भूमिका खेलेका आरिफ र गुल्सनलाई मधेस सरकारले २/२ लाख रुपैयाँ दिने

MadhesKhabar

Leave a Comment