Madhes Khabar
खेलकुद हेडलाइन

नेपाललाई जिताउन भूमिका खेलेका आरिफ र गुल्सनलाई मधेस सरकारले २/२ लाख रुपैयाँ दिने

जनकपुर ,३चैत :आईसीसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका दुई खेलाडीलाई मधेस प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।

मधेसका मुख्यमन्त्री सरोज यादवले बिहिबार युएइ विरुद्धको खेलमा शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।

खेलाडी झा र शेखलाई जनही २ लाखका दरले आर्थिक सहयोग गर्ने मुख्यमन्त्री यादवले घोषणा गरेका हुन् ।

मधेस प्रदेशमा गृह घर भएका उनीहरुलाई प्रोत्साहनस्वरुप २/२ लाख रुपैयाँ नगद प्रदान गर्ने घोषणा मुख्यमन्त्री यादवले गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

बिहीबारको खेलमा आरिफले ६२ बलमा ५२ रन र गुल्सनले ४८ बलमा अविजित ५० रन बनाएका थिए ।

Related posts

पर्साको डोकैला बहुअरीमा नवनिर्मित आठ कोठे विद्यालय भवनको सर्राफले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जमा सोनार प्रिमियर लिग क्रिकेट चैत २३ देखि सुरु हुने

MadhesKhabar

यू–१९ टिमकी कप्तानसहित मधेसका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने मन्त्री जयसवालको घोषणा

MadhesKhabar

Leave a Comment