Madhes Khabar
खेलकुद हेडलाइन

नेपाललाई जिताउन भूमिका खेलेका आरिफ र गुल्सनलाई मधेस सरकारले २/२ लाख रुपैयाँ दिने

जनकपुर ,३चैत :आईसीसी क्रिकेट विश्वकप-२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका दुई खेलाडीलाई मधेस प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने घाेषणा गरेकाे छ ।

मधेसका मुख्यमन्त्री सरोज यादवले बिहिबार युएइ विरुद्धको खेलमा शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।

खेलाडी झा र शेखलाई जनही २ लाखका दरले आर्थिक सहयोग गर्ने मुख्यमन्त्री यादवले घोषणा गरेका हुन् ।

मधेस प्रदेशमा गृह घर भएका उनीहरुलाई प्रोत्साहनस्वरुप २/२ लाख रुपैयाँ नगद प्रदान गर्ने घोषणा मुख्यमन्त्री यादवले गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

बिहीबारको खेलमा आरिफले ६२ बलमा ५२ रन र गुल्सनले ४८ बलमा अविजित ५० रन बनाएका थिए ।

Related posts

चेन्नाई सुपर किंग्स आइपिएलकाे फाइनलमा

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा आयोजित अध्यक्ष कपको उपाधि जागृत युवा क्लबले जित्यो

MadhesKhabar

नारायणी अस्पताल फेरि प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम

MadhesKhabar

Leave a Comment