Madhes Khabar
खेलकुद हेडलाइन

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

वीरगन्ज,२०फागुनः वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा यहि फागुन २७ गते देखि दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता आयोजना हुने भएको छ ।शनिबार आयोजक परवानीपुर युथ क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगीताका बारेमा जानकारी गराएको हो ।

परवानीपुरकै खेल मैदानमा एक साता सम्म चल्ने प्रतियोगितामा मधेस प्रदेशका ६ र बागमती प्रदेशका २ गरि कूल ८ वटा टिमले भाग लिने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।प्रतियोगितामा आयोजक परवानीपुर युथ क्लब , नवजनजागृति युवा क्लब सिमरा , वीरगन्ज युनाईटेड क्लब ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी , हेटौडा फुटबल एकेडमी मकवानपुर, बिएफसी क्लब भरतपुर चितवन सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगीताको विजेता टिमले नगद एक लाख ५० हजार र उपविजेता टिमले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगीताको मुख्य प्रायोजक कृष्णा फाउन्डेशन बैंगलोर रहेको आलमले जानकारी गराए । वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले पनि प्रतियोगीतामा बिशेष सहयोग गरेको उनले बताए ।

शनिबारको पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुब मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम ,रेहान आलम(काले) ,सुनिल मंडल, ईमरान आलम लगायतको पनि सहभागीता थियो ।

Related posts

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

MadhesKhabar

वीरगन्जलाई व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

MadhesKhabar

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

MadhesKhabar

Leave a Comment