Madhes Khabar
समाज हेडलाइन

वीरगन्जलाई व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

वीरगन्ज ,०६ माघ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज शहरको विकासका लागि ज्येष्ठ नागरिकको मार्ग दर्शन आवश्यक भएको बताएका छन् ।

एक्लैको प्रयासले मात्रै केही गर्न नसक्ने भन्दै मेयर सिंहले वीरगन्ज शहरलाई व्यवस्थित गर्न सबैको साझा प्रयास हुनु पर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकको अनुभव आवश्यक रहेको बताएका हुन् ।शुक्रबार ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जको ज्येष्ठ नागरिक पार्कमा दम रोग र उपचार विधीका बारेमा आयोजित प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गम्भीर प्रकृतिका दीर्घ रोगको उपचारका लागि महानगरले आवश्यक सहयोग गर्ने भन्दै मेयर सिंहले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता पनि जनाए ।

संघका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, अभिषेक सिंह, जितेन्द्र पुरुष ढकाल, श्याम कुमार पोखरेल, बद्रि केसी, रामानन्द प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो ।

Related posts

बढ्याे डिजेल र पेट्रोलकाे भाउ

MadhesKhabar

बारा २ काे उम्मेदवारमा कांग्रेसबाट यादवकाे एकल नाम सिफारिस 

MadhesKhabar

वर्षा नहुदाँ पर्सामा खेतहरु बाँझै ,रोपाईंका लागि आकाशे पानी कुर्दै किसानहरु

MadhesKhabar

Leave a Comment