Madhes Khabar
खेलकुद

जिल्ला स्तरीय सितोरियो कराँतेमा पर्साले उचाल्यो उपाधी

वीरगन्ज,२५असार:वीरगन्जमा सम्पन्न जिल्ला स्तरीय आमन्त्रित सितोरियो कराँते प्रतियोगिताको उपाधी पर्सा जिल्लाले हात पारेको छ ।

तीन वटा जिल्लाका ६ वटा महिला- पुरुष टिम सहभागी विभिन्न तौल समूहको प्रतिष्पर्धामा पर्सा जिल्लाले उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधी हात पारेको हो ।

प्रतियोगितामा पर्साले ५ वटा गोल्ड, ७ सिल्भर र ८ कास्य पदक हात पार्यो । यस्तै बाराले गोल्ड मेडल ५ वटा हात पारे पनि २ सिल्भर र २ कास्यमै रोकिएपछि उपाधी पर्सा जिल्लाले उचालेको हो । रौतहट भने २ गोल्ड, १ सिल्भर र २ कास्यमै रोकियो ।
प्रतियोगितामा पर्साबाट ३ वटा टिम, बाराबाट २ वटा र रौतहटबाट एक टिमको सहभागिता रहेको थियो ।
नेपाल सितोरियो कराते संघ वीरगंजका उपाध्यक्ष सुभाष श्रेष्ठका पिता स्व.तिलक बहादुर श्रेष्ठको स्मृतीमा मोठिया सितोरियो कराते डोजो रानिघाटमा प्रतियोगिता आयोजना गरिएको हो ।

वरिष्ठ कराँते प्रशिक्षक राम लामा र चित्र बहादुर पुलामीले शनिबार सम्पन्न एक दिवसीय प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्दै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सँधै तत्पर रहेको बताए ।

Related posts

हैदराबाद आईपीएलकाे प्लेअफमा

MadhesKhabar

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

नेपाल र ओमानबीचको खेल रद्द

MadhesKhabar

Leave a Comment