Madhes Khabar
खेलकुद

अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

वीरगन्ज,२०फागुन:भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।दुबईमा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेकाे हाे भिड्दैछन् ।

अष्ट्रेलियाले दिएको २६५ रनकाे लक्ष्य भारतले ४८.१ ओभरमा केवल ६ विकेटको क्षतिमा पूरा गर्याे।भारतका लागि विराट काेहलीले सर्वाधिक ८४ रन बनाए।श्रेयस ऐेयरले ४५ ,केएल राहुलले ४२ र हार्दिक पाण्डयाले २८ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेकाे अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुदै २६४ रन बनाएको थियाे।

अब फाइनलमा उपाधिका लागि भारतले बुधबार हुने न्युजिल्यान्ड र दक्षिण अफ्रीकाबीच हुने दाेस्राे सेमिफाइनलकाे विजेतासंग आइतबार भिड्नेछ।

समुह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समुह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

Related posts

फाइनलमा नेपाल पपुवा न्युगिनीसंग पराजित

MadhesKhabar

नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा छनाैट

MadhesKhabar

एनआई कपमा नेशनल एकेडेमीसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

Leave a Comment