Madhes Khabar
खेलकुद

वीरगन्जमा ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ सुरु

वीरगन्ज,२१माघ:वीरगन्जमा बुधबारदेखि ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ सुरु भएको छ।जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक शिव गुप्ताकी ममतामयी माता ज्ञानुदेवीको स्मृतिमा ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ आयाेजना गरिएको हाे।

 

आदर्शनगर रंगशालामा आयाेजित प्रतियोगिताको उद्घाटन वीरगन्जका मेयर राजेशमान सिंहले गरेका हुन्।त्यसअवसरमा बाेल्दै मे सिंहले यस नकआउट फुटबल प्रतियोगिताले बालबालिकाहरूको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।उनले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै ग्रास रुट (तल्लो तह) बाट नै खेलाडीहरू उत्पादन गर्न सके भविष्यमा उनीहरूले समाज र राष्ट्रलाई चिनाउन सक्ने धारणा राखे।

 

गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समाराेहमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकारहरू मनि पाख्रिन र लालबाबु पटेल लगायतको उपस्थिति रहेको थियो।

Related posts

पञ्जाबमाथि राजस्थानकाे राेमाञ्चक जित

MadhesKhabar

एसियाली खेलकुद: क्रिकेटको उपाधिका लागि फाइनलमा आज भारत र अफगानिस्तान खेल्दै

MadhesKhabar

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका वीरगन्जका खेलाडी सागरलाई मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

Leave a Comment