Madhes Khabar
खेलकुद हेडलाइन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका वीरगन्जका खेलाडी सागरलाई मेयर सिंहले गरे सम्मानित

वीरगन्ज,२७भदौंःतेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का सागर गुभाजुलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।

६ वर्षको अवधिमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितमा सहभागीता जनाएर ११ वटा स्वर्ण पदक जितेका सागरलाई बिहीबार वीरगन्जका मेयर राजेशमान सिंहले आफनै कार्यकक्षमा बोलाएर सम्मानित गरेका हुन् । गुभाजुलाई कदरपत्रले सम्मानित गर्दै मेयर सिंहले तेक्वान्दो खेलमार्फत वीरगन्ज र नेपालको नाम अन्र्तराष्ट्रिय स्तरमा अझ चिनाउन योगदान गरेको भन्दै बधाईपनि दिए ।

गुभाजु वीरगन्जको एक गहना नै भएको भन्दै मेयर सिंहले वीरगन्जको खेलकुद क्षेत्र र खेलाडीको मनोबल बढाउन वीरगन्ज महानगर सदैव तत्पर रह्दै आएको बताए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का स्थायीबासी राजकुमार गुभाजुका छोरा सागरले २०७० सालदेखि तेक्वान्दोका प्रतिस्पर्धामा भाग लिन सुरु गरेका थिए ।राष्ट्रिय तथा अन्र्तराष्ट्रि प्रतियोगितामा निरन्तर सहभागीता जनाउँदै आएका सागरले यो ११ वर्षको अवधिमा ११ वटा स्वर्ण पदक तथा थुप्रै कास्य पदकपनि जितेर ख्याति कमाईसकेका छन् । नेपाली सेनाको आर्मी क्लबबाट खेल्दै आएका सागरले २०७० सालमा भएको नेकोस राष्ट्रिय तेक्वान्दो च्याम्यिनसिपमा स्वर्ण , २०७३ सालमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण जिते ।यस्तै अष्ट्रेलियामा भएको सनसाइन ओपनममापनि उनले स्वर्ण पदक जितेका थिए ।

आठौं राष्टिय खेलकुद प्रतियोगितमा भने भने उनले कास्य पदक हात पारे । यस्तै सन् २०१८ मा दक्षिण कोरियामा भएको एशियाली खेलकुदको बन्द प्रशिक्षणमापनि सागरले स्वर्ण पदक हात पारे ।१८ औं एशियाली खेलकुदमा पहिलो खेल जित्त्दै सागर क्वाटरफाइनलमा पुगेका थिए । यस्तै सन् २०१९ मा चीनको बुुहानमा आयोजित वल्र्ड मिलिट्री गेम्समापनि सागरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

 

Related posts

आर्थिक मन्दीले वीरगन्ज भन्सारकाे राजश्व संकलनमा भारी गिरावट

MadhesKhabar

सिमराको नव जनजागृति युवा क्लब बन्यो बारा ‘च्याम्पियन’

MadhesKhabar

वीरगन्जमा थप पाच जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment