Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

आर्थिक मन्दीले वीरगन्ज भन्सारकाे राजश्व संकलनमा भारी गिरावट

 

वीरगन्ज ,८बैशाख: आयात–निर्यात व्यापारमा आएको गिरावटसँगै वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली पनि खुम्चिएको छ । देशकै सर्वाधिक राजस्व संकलन गर्ने यो भन्सार कार्यालयले पछिल्लो केही महिनायता लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन गरिरहेको छ ।

चैतमा २२ अर्ब ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको वीरगन्ज भन्सार कार्यालयले चैत महिनामा १३ अर्ब ५५ करोड ८६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्न सक्यो । जुन मासिक लक्ष्यको ५९.४७ प्रतिशत मात्र हो ।

चैतसम्ममा १ खर्ब ९१ अर्ब ३ करोड ६४ लाख ११ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको वीरगन्ज भन्सारले यस अवधिमा १ खर्ब १५ अर्ब ९ करोड ६७ लाख ४८ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६०.२५ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा वीरगन्ज भन्सारले २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको छ । तर, चैतसम्ममा वार्षिक लक्ष्यको ४४.१ प्रतिशत मात्र राजस्व असुली छ ।

चालु आवको बाँकी ३ महिनामा भन्सारले वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउन असम्भव छ । असार मसान्तसम्म भन्सारले वार्षिक लक्ष्यको ५० प्रतिशत हाराहारीमा राजस्व असुली गर्नसक्ने सम्भावना छ ।

आयात–निर्यात व्यापारमा कमी आएकाले राजस्व असुली पनि कम भएको वीरगन्ज भन्सार कार्यालयको भनाइ छ ।साभार:कान्तिपुर

Related posts

वीरगञ्जको वीर्तामा निःशुल्क घुम्ती शिविर सम्पन्न

MadhesKhabar

बढ्यो सेयर बजार, आज एकैदिन ३ अर्ब ४० करोडको कारोबार

MadhesKhabar

कलैयामा प्रिन्सिपल स्वर्णकारकाे हत्या गर्ने भारतका मुख्य सुटर सिंह पक्राउ

MadhesKhabar

Leave a Comment