Madhes Khabar
राजनीति हेडलाइन

अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्टहरु देशभरबाटै सकिन्छन् : सांसद अमरेश सिंह

वीरगन्ज,२३बैशाख : प्रतिनिधी सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले सिंहले अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्ट पार्टीहरु देशबाट सक्किने दाबी गरेका छन् ।

वीरगन्जमा शनिबार पत्रकारसंगको भेटघाट कार्यक्रममा बोल्दै सिंहले त्यसको संकेत उपनिर्वाचनमा जनताले देखाई सकेको बताए ।
ठूला दलहरुले गरेको राजनीतिक भ्रष्टचारकै कारण मुलुकको अर्थतन्त्र धराशायी भएको उनको आरोप छ । उनले भने,‘ अहिले देशको अथउतन्त्र जुन ओरोला लागेको छ त्यसको मूल कारण भनेकै राजनीतिक भ्रष्टचार हो ।’

उनले कर्मचारीतन्त्र पनि भ्रष्टचारमा चुर्लुम्ब डुबेको र बिचौलीया तन्त्रको बिगबिगी भएको बताए । उनले भने,‘ राजनीति नै बिचौलीयातन्त्रमा परिणत भएपछि देशको यो दुरावस्था भएको हो ।देशको अहिलेको राजनीति भ्रष्टचारी , तस्कर , बिचौलीया , दलाल र माफियाहरुको हातमा पुगेको टिप्पणी पनि उनले गरे ।

नेता सिंहले कुनैपनि बहानामा भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिन खोजिए सदन र सडक दुवैबाट संघर्ष गर्न तयार रहेको बताए ।
मधेस प्रदेशको सरकारदेखि कर्मचारीतन्त्र सबै भ्रष्टचारमा लिप्त रहेको आरोपपनि सिंहले लगाए ।

सिंहले भने,‘ जहा धर्ममा राजनीति मिसिन्छ त्यहा धर्म समाप्त हुन्छ र राजनीति पनि बदनाम हुन्छ , अहिले नेपालमा भएकै यहि हो ।
नेपाली कांग्रेसको अहिलेको नेतृत्वबाट मुलुकमा समृद्धि र सुशासन सम्भव नै नभएको जिकिर पनि उनले गरे । उनले भने,‘ २०४८ सालदेखि यता प्राय सरकारको नेतृत्व कांग्रेसलेनै गर्दै आएको छ तर देशको दुरावस्था झन झन बढ्दै गएको छ ,अहिलेको काँग्रेस नेतृत्वबाट न त भ्रष्टचार नियन्त्रण हुन सक्छ न त सुशासन नै कायम हुन सक्छ ।

नेपाली कांग्र्रेस पार्टी अहिले तीनवटा भइसकेको भन्दै उनले भने,‘ अहिले नेपाली कांग्रेस भाउजु कांग्रेस,ज्योतिषी कांग्रेस र मिडिया काग्रेस भइसकेको छ । देउवा नेतृत्वमा रहेसम्म कांग्रेस सुध्रिने सम्भावना नरहेको भन्दै उनले भने,‘ सक्किन लागेको कांग्रेसमा फर्किने मेरो चाहनापनि छैन ।

सिंहले आइतबारको संसद बैठक चल्न नदिने चेतावनी पनि दिए । भ्रष्टाचार विरुद्धको मुद्दामा एक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत पार्टी,राष्ट्रि प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले आइतबारको संसद बैठक चल्ने नदिने सहमति भएको जनाए ।ठूला दलका भैष्टचारी नेतालाई राजनितिक संरक्षणमा उन्मुक्ति दिने परिपार्टी बन्द नभए सम्म संसद चल्न नदिने सिंहले दाबी गरे ।

देशको आर्थिक राजधानीका रुपमा परिचित वीरगन्ज प्रति राज्यको नियत नै ठिक नभएको आरोप पनि सिंहले लगाए । उनले भने,‘ वीरगन्जको जुन विकास हुनु पर्ने हो त्यो भएकै छैन किनकी वीरगन्ज प्रति राज्यको नियत नै सफा देखिएको छैन । नियत सफा भएमात्रै नीति सही बन्छ । तर राज्यको नीयत नै सफा देखिएन वीरगन्जको विकास प्रति ।

Related posts

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आज बिहानै देखि प्रदर्शन सुरु

MadhesKhabar

अब बन्ने काँग्रेस नेतृत्व सरकारको पहिलो काम नागरिकता समस्याको सामधान : अजय चौरसिया

MadhesKhabar

काँग्रेस नेता अमात्यको चेताावनी : नेतृत्व समयमै सच्चिएन भने त्यसको दुष्परिणाम भोग्नु पर्छ

MadhesKhabar

Leave a Comment