Madhes Khabar
राजनीति

माओवादी बैठक : राष्ट्रपति बारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

फाइल फाेटाे

काठमाडौं ,८फागुन: नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले याे निर्णय गरेको हो ।

बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए ।

‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो ।

प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने अधिकार दिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो,’ उनले भने ।

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए । साभार:कान्तिपुर

Related posts

कांग्रेस र एमालेसंगकाे टसलले संकटमा मधेस प्रदेश सरकार

MadhesKhabar

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

काम गरेको छु , त्यसकारण जनताले फेरि अवसर दिनेमा ढुक्क छु : जितेन्द्र सोनल

MadhesKhabar

Leave a Comment