वीरगन्ज,१७बैशाखःनेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन सोमबारदेखि सुरु भएको छ । मंगलबार सम्म चल्ने अधिवेशनको सोमबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।अधिवेनशको बन्दसत्र भने मंगलबार बिहानदेखि सुरु हुने भएको छ ।
क्लासिक बैंक्वेटमा बिहान ८बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्रपछि जिल्लाको नयाँ नेतृत्व चयनका लागि प्रकृया अगाडि बढ्ने महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए । बन्दसत्रमा जिल्लाका १४ वटैपालिकाबाट गरी ५ सय ८५ जना प्रतिनिधी सहभागी हुनेछ ।
पर्सामा एमालेको नयाँ नेतृत्वको लागि अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । अध्यक्षमा अहिलेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, संविधानसभा सदस्य जयप्रकाश थारु र पार्टीका मधेस प्रदेश सदस्य शीव पटेल आकांक्षी छन् । उनिहरु मध्ये शर्मालाई केन्द्रिय सदस्यद्वय प्रभू हजरा र निर्मला देवकोटाले साथ दिएका छन् भने थारु र पटेल मध्ये एक जनालाई केन्द्रिय सदस्य राजकुमार गुप्ताले अगाडि सार्ने तयारीमा छन् ।

