Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

वीरगन्ज,२८भदौंःनेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साका निवर्तमान अध्यक्ष रामाधार प्रसाद कलवारलाई प्रहरीले नियन्त्रणमा छ ।वीरगन्जस्थित भूमी सुधार तथा मालोपोत कार्यालय पर्सा परिसरबाटै शुक्रबार दिउँसो प्रहरीले कलवारलाई नियन्त्रणमा लिएको छ ।

केहिदिन पहिले मालपोत कार्यालय पर्साका प्रमुख डम्मरु प्रसाद निरौलाले आँफुमाथि कार्यालयमै हातपात र गालीगलौज गर्दै अभद्र व्र्यवहार गरिएको भन्दै कलवारसहित वर्तमान उपाध्यक्ष संदिप साह कानु,साधरण सदस्य ऐनुल हक मियाँ लगायतका विरुद्ध कारबाहीको माग गर्दै भदौं २० गते जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायमा उजुरी दिएका थिए ।

त्यहि उजुरीको आधारमा प्रहरीले शुक्रबार कलवारलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरक्षिक दीपक भारतीले जानकारी दिए।कार्यालय प्रमुख निरौला अभद्र व्यवहार भएको भन्दै उजुरी परेकोले त्यसैको आधारमा आरोपितमध्येका एक कलवारलाई नियन्त्रणमा लिइएको उनले बताए । उजुरीमा उल्लेख नामका अन्य व्याक्तिहरुकोपनि खोजी भइरहेको प्रहरी नायब उपरक्षिक भारतीले बताए ।

मालपोत कार्यालय पर्सामा अनियमितता बढेको , घुस बिना कर्मचारीले कामै नगर्ने गरेको लगायतका जनगुनासो बढेपछि भदौं १८ गते सञ्चारकर्मीसहितको टोली कार्यालयमा पुगेर सेवाग्राहीको गुनासोसम्बन्धि समाचार संकलन गर्ने क्रममा तनाव भएको थियो ।त्यसदिन कार्यालय प्रमुख निरौलाका साथै अन्य कर्मचारीमाथि सेवाग्राहीले आक्रोशपनि पोख्दा स्थिती असमान्य बनेको थियो । उक्त घटनापछि कार्यालय प्रमुख निरौलासहितका कर्मचारीहरुले आँफुहरुमाथि अभद्र व्यवहार गरिएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । उनिहरुले प्रेस विज्ञप्तिपनि जारी गर्दै कारबाही नगरिए कार्यालयको कामकाज नै ठप्प पार्ने चेतावनीपनि दिएका थिए ।

 

Related posts

मेयर सिंहको पहलमा मितेरी पुल र भन्सार क्षेत्रको सडक मर्मतको काम शुरु

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कपमा सुदूरपश्चिममाथि मधेसको सानदार जित

MadhesKhabar

धर्नास्थलमा पुगेका मन्त्री रिजाललाई अभियन्ताहरुले भने : माग पुरा नभएसम्म धर्ना जारी रहन्छ

MadhesKhabar

Leave a Comment