
मधेसखबर
वीरगन्ज,१९असार : वर्षौ देखि जीर्ण रहेको नेपाल भारत सीमा नाका स्थित मितेरी पुल र भन्सार क्षेत्रासपासको सडक मर्मतको काम शुरु भएको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहल र सकृयतामा मितेरी पुले र त्यहा देखि रजतयन्ति चोक सम्मको सडकको मर्मत र कालोपत्रेको काम आइतबार देखि शुरु गरिएको हो ।
गत शुक्रबार मितेरी पुलको पानी जमेको खाल्डोमा इरिक्सा खसेर दुर्घटनामा परेको समाचार सार्वजनिक भएपछि मेयर सिंहले मर्मतको पहलकदमी लिएका हुन् । मितेरी पुल देखि रजतजयन्ति चोक सम्मको सडक जीर्ण हुदा समेत मर्मत सम्भार नगरिदा त्यस क्षेत्रमा सवारीसधान , साइकलयात्री र पैदल यात्री समेतले सास्तती खेप्दै आएका थिए । योसंगै दिनहु सवारीसाधन पल्टिर दुर्घटना पनि हुदै आएको थियो ।
सडक विभाग मातहत रहेको पुल देखि रजतजन्ति चोक सम्मको सडक मर्मतका लागि आग्रह गरेपछि सडक विभागले नै मर्मत गरिरहेकोे मेयर सिंहले बताए ।आइतबार पुल र सडक मर्मत कार्यको स्थलगत अनुमगन गर्न पुगेका मेयर सिंहले पुल र सडक मर्मतको काममा सहयोग गरिदिन सरोकारवाला सबैसंग आग्रह पनि गरे ।

