Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा थप पाच जनामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो : नारायणी अस्पताल

माधुरी महतो
वीरगन्ज , २४ साउन : वीरगन्जमा थप पाच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा मङगलबार ३८ जनाको पिसिआर परिक्षण गर्दा पाच जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रण पुष्टि भएका मध्ये पर्साका ३ जना , बाराका १ जना र आखलढुङगाका १ जना रहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनिहरुको उमेर समुह २० देखि ४३ वर्षको रहेको उनले बताए ।

यसअघि साउन १७ गते अस्पतालकै प्रयोगशालामा ११ जनाको पिसिआर परिक्षण गर्दा पाच जनामा संक्रमण पुष्टि भएको थियो ।

Related posts

इनिशाको न्यायका लागि वीरगन्जमा भएको प्रदर्शनमा युवतीहरुको माग :‘बालेन दाई,बलात्कारीलाई फाँसी देऊ’

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

वीरगन्जको लिंकरोड नजिकै पाँच करोडको लगानीमा खुल्यो ‘होटल विराट एण्ड प्लाजा’

MadhesKhabar

Leave a Comment