Madhes Khabar
अन्तरवार्ता हेडलाइन

मिडियामा आएको मत सर्वेक्षण प्रायोजित र हावादारी हो : उपेन्द्र यादव

बैशाख १० मा तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्य चुन्नका लागि उपनिर्वाचन हुदैछ । बारा २ , तनहुँ १ र चितवन २ मा । यी मध्ये बारा २ मा पनि देशभरकै चासो देखिएको छ ।कारण यो क्षेत्र जितेर मधेसमा राजनीतिक बर्चस्व कायम राख्ने कोशीशमा छन् जसपा र जनमत पार्टीका शीर्ष नेताहरु । बारा २ मा दलगत र स्वतन्त्र गरि ३६ जना उम्मेदवार छन् । ती मध्ये बढि चर्चामा छन् पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव । जसपा अध्यक्ष एंव उम्मेदवार उपेन्द्र यादवसंग बुधबार गरिएको संक्षिप्त कुराकानी :

 

चुनावी प्रचारका क्रममा जनताको घरदैलोमा पुगि रहदा माहौल कस्तो पाउनु भएको छ ?

जनतामा अत्यन्त उत्साह र उमंग रहेको पाएको छु । जनताले मधेसको हकअधिकार र पहिचान दिलाउनेलाई राम्ररी चिनेका छन् । त्यसका कारण चुनावी घरदैलोमा जनता आफै मेरो लागि मत माग्दै हिडेका पनि छन् । यसले मेरो जित सहज छ भन्ने आत्मविश्वास बढाउदै लगेको छ ।

बारा २ मा चुनावी प्रचार प्रसार सुरु नहुदै जातीवादको नारा उचालिएको थियो , अहिले अवस्था के छ ?

चुनावी माहोल सुरु भएलगत्तै बारा २ मा जातिवादको जहर घोल्ने , एउटा जातलाई लडाएर अर्को जाति विरुद्ध लडाएर आफनो दुनो सोझाउने षडयन्त्र गरिरहेका थिए ।जाली झेलीहरुले भ्रम फैलाइरहेका थिए , तर अहिले जातीवादको त्यो नारा हराउदै गएको छ ।

बारा २ का जनतामाझ मत माग्ना जाँदा तपाईका मुख्य एजेन्डाहरु के के हुन् ?

संघीयता र समावेशीताको रक्षासंगै सुशासन , विकास र समृद्धि नै हाम्रा मुख्य एजेन्डा हुन् । यीनै एजेन्डाहरु लिएर म जनताको माझमा पुगिरहेको छु , जसका कारण जनता निक्कै उत्साहित पनि देखिएका छन् ।

बारा २ मा तपाइ त बाहिरिया उम्मेदवार हो भन्ने आरोप छ त ?

सुरु सुरुमा विपक्षीहरुले यो हावादारी कुरा गरेका थिए , तर अब त्यो हावादारी कुरा हावामै हरायएको छ । के म यो देशको नागरिक नै होइन त ? के म मधेसी होइन त ? मधेसमा मधेसको मान्छे पनि कहि बाहिरिया हुन्छ त ? कस्तो बुद्धि नभएका विपक्षीहरु परेका छन् । बारा २ का जनताले मलाई आत्मसात गरिसकेका छन् । मलाइ त विपक्षीहरुको बुद्धी देखेर दया पो लाग्दैछ । आफनै देशका नागरिकलाई बाहिरिया भन्नेहरुले के राजनीति गर्नु ? के देश र जनता बुझ्नु ?

एकदुई दिन यता विपक्षीहरुले तपाइमाथि अर्को आरोप पनि लगाइरहेका छन् कि हार्ने डरले उपेन्द्र यादवले आफना पार्टीका मुख्यमन्त्री , मन्त्री , सांसद लगायत देशभरका सम्पूर्ण शक्ति बारा २ मा उतारेका छन् ?

त्यो मनगणन्ते कुरा हो । त्यस्ता मनगणन्ते ,उडन्ते कुराहरु कुनै तुक छैन । मिडिया र सोसल मिडियामा जसलाई जे मन लाग्यो त्यहि लेख्ने र लेख्न लगाइरहेका छन् । बारा २ का जनता र पाँच दलका नेता कार्यकर्ता मेरो साथमा छन् । त्यसका कारण त्यस्ता मनगणन्ते कुराले मलाई कुनै फरक पर्दैन ।

केहि  मिडियामा अहिले बारा २ को निर्वाचनको नतीजाको पुर्वानुमान गरेर सर्वेक्षणका रिपोर्टहरु आएका छन् । त्यसमा तपाई जनमत पार्टीको उम्मेदवार पहिलो स्थनमा र तपाई दोश्रो स्थानमा हुनुहुन्छ भन्ने उल्लेखछ । ती सर्वेक्षणको रिपोर्टबाट तपाइ सहमत हुनुहुन्छ त ?

त्यो प्रायोजित र हावादारी हो, त्यो बिल्कुल गलत छ । त्यो पनि विपक्षीहरुको भ्रामक प्रचारबाजी मात्रै हो । जातिवादको नारा फैलाए जस्तै त्यो सर्वेक्षण पनि विपक्षीहरुको इशारामा ल्याइएको हो । त्यसकारण म र बारा २ का जनता त्यसबाट भ्रमीत छैनौं ।

Related posts

वीरगन्जमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र

MadhesKhabar

वीरगन्जमा धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन मेयर सिंहको अपिल

MadhesKhabar

गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकर्मी झाले पाउने

MadhesKhabar

Leave a Comment