वीरगन्ज,१८कार्तिक:नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुकम्प पिडितका लागि उद्धार तथा राहत कार्यमा सरकारलाई सघाउन एमाले तत्पर रहेकाे बताएका छन् ।
शनिबार वीरगन्जमा आयाेजित एमाले मधेस प्रदेशका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।
जाजरकाेट , रुकुम लगायतका जिल्लाका भूकम्प पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिदैं पुर्व प्रधानमन्त्री ओेलीले भने,`भुकम्प पिडित क्षेत्रमा उद्धार तथा खोजमा सरकारलाई सघाउन एमालेपनि तत्पर छ ।
भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका साथै उनिहरुलाई राहत सामग्री वितरणमा ध्यान केन्द्रित गर्न सरकारसँग उनले आग्रहपनि गरे।सामाजिक संघसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न उनले अपिलपनि गरे।
उनले मधेसको विकासका लागि आफ्नाे पार्टी प्रतिबद्ध रहेको बताए। उनले मधेसमा विद्यमान गरिबी र अशिक्षा हटाउने अभियानमा लाग्न मधेसका एमालेका नेताकार्यकर्तालाई निर्देशनपनि दिए।
अध्यक्ष ओेलीले देश र जनतालाई सर्वाेपरी ठानेर ईमानदारीताका साथ काम गर्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिए।पार्टीका सबै तहका नेताकार्यकर्ताले इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गरेमा आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी ओेलीकाे थियाे।
समाराेहलाई एमालेका केन्द्रीय सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठ,मधेस प्रदेश अध्यक्ष राम ओैतार यादव,उपाध्यक्ष विचारी यादव लगायतलेपनि सम्बाेधन गरेका थिए।

