
वीरगन्ज,१बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि रोमान्चक जित हात पारेको छ ।
पञ्जाबले दिएको १ सय ४८ रनकाृ लक्ष्य राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा ओपनर यसश्वी जयवालले २८ बलमा ४ चौकाको सहयोगमा ३९ तथा सिमरन हिटमायरले १० बलमा अविजित २७ रन बनाए ।
राजस्थान ६ खेलमा ५ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित पन्जाब ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

