Madhes Khabar
खेलकुद

प्याब्सन टि-२० किक्रेटकाे उपाधि साउथ जाेन माविलाई

मधेसखबर
वीरगन्ज ,१४माघ :वीरगन्जमा आयाेजित साताैं प्याब्सन अन्तर विद्याललय नकआउट टि-२० किक्रेट प्रतियाेगिताकाे उपाधि साउथ जाेन माविले जितेकाे छ ।शनिबार आदर्शनगर रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जाेनले उपाधि जितेकाे हाे ।

टस जितेर पहिले व्याटिङ् गरेकाे साउथ जाेन माविले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियाे । १४३ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मनकामना माविले १८.३ ओभरमा अलआउट हुँदै १२४ रन मात्र बनाएपछि खेल जित्दै साउथ जाेन माविले उपाधि पनि उचालेकाे हाे ।

प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडी साउथ जाेन माविका चन्दन राम घाेषित भए ।यस्तै बेस्ट व्याट्सम्यान मिनिल्याण्ड माविका साेनु पटेल, बेस्ट बलर मिनिल्याण्ड माविकै नितेश पासवान घाेषित भए ।

प्रतियोगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमका खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गाेपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले ट्रफी र मेडल प्रदान गरे । कार्यक्रममा तीन दशक भन्दा बढी समयदेखि क्रिकेट खेल क्षेत्रमा लागेर राष्ट्रिय टिमकाे प्रशिक्षक समेत बनेका उमेश उपाध्यायलाई दाेशल्ला ओढाएर सम्मानित गरिएको थियाे ।

प्याब्सन पर्साकाे आयाेजनामा माघ ५ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ वटा निजी विद्यालयका टिमले भाग लिएका थिए ।

Related posts

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न वीरगन्जमा स्पाेर्ट्स एकेडेमी सञ्चालन

MadhesKhabar

आईपिएल क्रिकेटमा आज पञ्जाब र राजस्थान खेल्दै

MadhesKhabar

एनपिएलको टिकट मूल्य ५ सयदेखि २ हजार रुपैयाँसम्म

MadhesKhabar

Leave a Comment