Madhes Khabar
खेलकुद

विराट काेहलीकाे शतकमा बैंग्लाेर विजयी

वीरगन्ज ,५जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले शानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले शानदार शतक प्रहार गरे पनि टिमलाई जिताउन भने सकेनन् । उनले ५१ बलमा १०४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए ।

यो जितसँगै बैंगलोरले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । उसले अंक तालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै टप चारमा स्थान बनाएको छ । सजराइजर्स हैदराबादले अब आफ्नो अन्तिम खेल शीर्षस्थानमा रहेको गुजरात टाइटन्ससँग खेल्नेछ ।

Related posts

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

MadhesKhabar

राष्ट्रिय क्रिकेट टिमका आसिफ र आरिफ शेख गृहनगर वीरगन्जमा सम्मानित

MadhesKhabar

नेशनल ईन्फोटेक कप: वीरगन्ज सेन्ट्रलमाथि सेन्टजेभियर्सकाे सहज जीत

MadhesKhabar

Leave a Comment