
काठमाडौं,५असारःस्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा आज (बिहीबार) आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।यी दुई बीचको खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुुरू हुनेछ ।
यसअघि हिजो(बुधबार)को खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच श्रृंखला भइरहेको हो ।
श्रृंखलाको पहिलो खेलमा आइतबार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससंग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।
श्रृंखलामा नेपालले अन्तिम खेल भोलि (शुक्रबार)घरेलु टोली नेदरल्यान्ड्ससंग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली श्रृंखलाको विजेता बन्नेछ ।
जरी श्रृंखलामा नेदरल्यान्ड्सको ३ खेलमा ४ अंक छ भने समान खेलमा स्कटल्यान्डको २ अंक छ । नेपालको २ खेलमा २ अंक छ ।

