Madhes Khabar
खेलकुद

टाइब्रेकरमा नेपाल जाेर्डनसंग पराजित

काठमाडौं,१८फाल्गुन:वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई टाइब्रेकरमा ५–३ ले हराउँदै जोर्डनले छठाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी टाइब्रेकरमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा पुर्याइन् ।

टाइब्रेकरमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

यसअघि नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियाे । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियाे । फिफा बरियतामा नेपाल १ सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

Related posts

पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल वान डे वरीयताको शीर्ष स्थानमा

MadhesKhabar

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपकाे फाइनलमा

MadhesKhabar

लगातार दोश्रो खेल जित्दै पर्सा जनकपुर मेयरकप क्रिकेटको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment