Madhes Khabar
खेलकुद

आसिफ शेखलाई नगद पुरस्कार दिने वीरगन्जका सामाजिक अभियन्ता चाैधरीकाे घाेषणा

वीरगन्ज ,१९भदाैं : एसिया कप क्रिकेटमा भारतविरुद्धकाे खेलमा नेपालका लागि सर्वाधिक रन बनाएका ओपनर व्याटर आसिफ शेखलाई सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चाैधरीले नगद पुरस्कार दिने घाेषणा गरेका छन् ।

वीरगन्जका सामाजिक अभिन्ता चाैधरीले वीरगन्जकै निवासी आसिफलाई नगद ११ हजार रुपैंया दिने घाेषणा गरेका हुन् ।

साेमबार भएकाे खेलमा भारतविरुद्ध आसिफले ८८ बलमा ५८ रन बनाएका थिए ।भारतविरुद्धकाे खेलमा आसिफले नेपालका लागि पुर्याएकाे याेगदान र उनकाे खेल क्षमताबाट प्रभावित भएर आफुले प्रोत्साहन राशी दिने घोषणा गरेकाे चौधरीले बताए।

उनले भने “म खासै खेल नहेर्ने मान्छेलाई पनि साेमबार नेपाल र भारतबिचको खेलले भावुक बनायो ।नेपाली खेलाडीले सिमित स्रोतसाधनका बावजूद तयारी गरेर भारतका दिग्गज अन्तर्राष्ट्रिय खेलाडीलाई टक्कर दिनु आफैंमा ठुलो कुरा हाे, यसले विश्व क्रिकेटमा नेपालकाे पहिचान र शान बढाएकाे छ ।”

वीरगन्जमै क्रिकेट खेल्दै हुर्किएका आसिफले भारतविरुद्ध नेपालका तर्फबाट ५८ रन बनाएर विश्वसामु वीरगन्जसहित देशकै नाम चर्चामा ल्याएकाेले आफ्नो हैसियत अनुसारकाे नगद पुरस्कार दिने घोषणा गरेको चौधरीले बताए ।

Related posts

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

आइपिएल – बैङ्गलोरले चेन्नईलाइ हरायो

MadhesKhabar

भारतलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment