
वीरगन्ज,७कार्तिक:भारतलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंकाे दशरथ रंगशालामा बुधबार भएको खेलमा भारतलाई ३-१ ले हराउँदै बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेको हाे। यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह ए काे विजेता पनि बन्यो । भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्दा २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ ।
साविक विजेता समेत रहेको बंगलादेशका लागि तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले १ गोल गरेकी हुन्।भारतका लागि भने बाला देवीले १ गोल फर्काइन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार समूह बी का अन्तिम दुई खेल हुनेछन् । पहिलो खेल बिहीबार दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ । दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंका भिड्नेछन् ।
नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ । यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ ।

