Madhes Khabar
खेलकुद

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं,२२बैशाखःवेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो ।वेस्ट इन्डिजका लागि एलिक अथानाजेले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकाको सहयोगमा ३३ रन बनाए ।

ओपनर जोनसन चाल्र्सले २० बलमा २ चौका र २ छक्काको सहयोगमा २४ बनाए । म्याथ्यु फोर्डले १२ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।पाँच खेलको सिरिज इन्डिज ए ले यसअघि नै ३–१ ले जितिसकेको छ ।

Related posts

फेरि चलेन चेन्नईकाे जादु, पञ्जाबसंग ७ विकेटले पराजित

MadhesKhabar

पर्सामा नेपाल बिद्यालय खेलकुद महासंघ गठन,अध्यक्षमा चौरसिया

MadhesKhabar

टी-२० च्यालेन्ज वीरगन्ज स्कूल्स कपको फाइनलमा बाल एकता र ग्रीन ल्याण्ड भिड्ने

MadhesKhabar

Leave a Comment