Madhes Khabar
खेलकुद

फेरि चलेन चेन्नईकाे जादु, पञ्जाबसंग ७ विकेटले पराजित

वीरगन्ज,१९बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले फराकिलाे जित निकालेको छ ।

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नइलाई पञ्जाबले ७ विकेटको फराकिलाे अन्तरले हराएको हाे ।

चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबका लागि ओपनर जोनी बेयस्ट्रोले ३० बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । राईली रोउसोले २३ बलमा ५ चौका २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान साम करनले २० बलमा २६ तथा शंशाक सिंहले २६ बलमा २५ रन बनाए ।

चेन्नईका लागि रिचार्ड ग्लिसन, शिभम दुबे र शार्दुल ठाकुरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । अजिंका राहाणेले २४ बलमा २९ तथा समिर रिज्भीले २३ बलमा २१ रन बनाए ।

मोईन अलिले ९ बलमा १५ रन बनाए । महेन्द्रसिंह धोनीले ११ बलमा १४ रन बनाए ।

पञ्जाबका लागि राहुल चाहर र हरप्रित ब्रारले समान दुई दुई तथा अर्शदिप सिंह, कागिसो रबाडाले समान एक एक विकेट लिए ।

दश खेलमा चौथो जित निकालेको पञ्जाब अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । चेन्नई दश खेलमा पाँचौ हारका साथ चौथो स्थानमा छ ।

Related posts

बिहारकाे जय हिन्दलाई हराउँदै पर्साकाे निचुटाले उचाल्याे `परसवा गाेल्डकप´काे उपाधि

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

MadhesKhabar

प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा चेन्नई

MadhesKhabar

Leave a Comment