Madhes Khabar
खेलकुद

चेन्नाई सुपर किंग्स आइपिएलकाे फाइनलमा

वीरगन्ज ,१०जेष्ठ : चेन्नाई सुपर किंग्स , भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ ।

मंगलबारराति भएकाे पहिलाे क्वालिफायर खेलमा
रविन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाईले डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हाे ।

चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७२ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जडेजाले पछि १८ रनमा दुई विकेट लिए ।

महेन्द्रसिंह धाेनी कप्तान रहेकाे चेन्नाई प्रतियोगिताको  फाइनल पुगेको यो दसौंपल्ट हो । हारका बावजुत गुजरातसामु फाइनल प्रवेशको एक अर्को अवसर हुनेछ । बुधबार इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

Related posts

जिम्बावे विरुद्ध नेपालको सान्दार जित

MadhesKhabar

केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

MadhesKhabar

टी-२० वरीयतामा नेपाल एक स्थान तल

MadhesKhabar

Leave a Comment