Madhes Khabar
खेलकुद

कुवेतलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं,२फाल्गुनःकुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराएको हो।

डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो। नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन्। त्यस्तै कविता कुँवर १ रन र सीता राना मगर १७ रनमा आउट भइन् ।कविता जोशी भने ४ रनमा अविजित रहिन्।

यसअघि कुवेतले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रनमात्र बनाएको थियो।नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी थिइन्। रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन्। लगत्तै १२.३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भइन्।१२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन््। त्यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन्।

 

Related posts

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

MadhesKhabar

वीरगन्ज गोल्डकपको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने

MadhesKhabar

टि–२० विश्वकपमा भारतसंग पाकिस्तान फेरि पराजित

MadhesKhabar

Leave a Comment