Madhes Khabar
खेलकुद

महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा नेपाल प्रवेश

काठमाडौं,२जेठःनेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।
शुक्रबार हङकङ र बहराइनबीच भएको खेल वर्षाका कारणले रद्द भएपछि नेपाल र हङकङको समान ५–५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा सुपर थ्री मा प्रवेश गरेको हो ।

जारी प्रतियोगितामा नेपालले ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।यदि हङकङले जितेको भए उ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ १ जितमै सीमित भएको हो ।

९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३–३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

 

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

MadhesKhabar

यू–१९ एसिया विश्वकप छनोट : नेपालको लगातार चौथो जित

MadhesKhabar

Leave a Comment