वीरगन्ज,७माघ:वीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई) कप क्रिकेट अन्तरगत साेमबार भएको पहिलाे खेलमा ग्लोबल बिजनेस कलेजले ज्ञानदा एकेडेमीमाथि जित हात पारेकाे छ।नारायणी क्रिकेट मैदानमा भएकाे खेलमा ग्लाेबल कलेजले ज्ञानदा एकेडेमीलाई ११ रनले हराएको हाे।
११४ रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिकाे ज्ञानदा एकेडेमीले १९.३ ओभरमा अलआउट हुँदै १०२ रनमात्र बनाएपछि खेल ग्लाेबल कलेजले जित्याे।
त्यसअघि पहिलो ब्याटिङ गरेकाे ग्लाेबल कलेजले १९.५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियाे।उसका लागि रविन्द्र कुवँरले सर्वाधिक ३५ रन बनाए।
उक्त खेलकाे म्यान अफ दी म्याच कुवँर नै घाेषित भए।साेमबार नै भएको अर्काे खेलमा नेशनल एकेडेमीले अल्पाइन उच्च माविलाई १० विकेटले हराएको छ।

