Madhes Khabar
खेलकुद

लाओसलाई हराउँदै नेपाल विश्वकप फुटबल छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं,१कात्तिक:लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

लाओसको घरेलु मैदानमा मंगलबार भएको खेलमा नेपालले १-० गोलले विजयी हुँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।

नेपालका लागि मनिष डाँगीले ५३औं मिनेटमा निर्णायक गोल गरेका थिए। अन्जन विष्टको पासमा मनिषले नेपालका लागि निर्णायक गोल गरेका थिए। यसअघि दशरथ रंगशालामा भएको खेलमा नेपाल र लाओसबीच एक-एक गोलको बराबरी भएको थियो।

नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।

Related posts

महोत्तरीकी पूजा महत्तो बनिन् ‘युवा वर्ष खेलाडी’

MadhesKhabar

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

MadhesKhabar

एसियन कप फुटबलमा भारतमाथि अस्ट्रेलियाकाे जीत

MadhesKhabar

Leave a Comment