काठमाडौं,१कात्तिक:लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
लाओसको घरेलु मैदानमा मंगलबार भएको खेलमा नेपालले १-० गोलले विजयी हुँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।
नेपालका लागि मनिष डाँगीले ५३औं मिनेटमा निर्णायक गोल गरेका थिए। अन्जन विष्टको पासमा मनिषले नेपालका लागि निर्णायक गोल गरेका थिए। यसअघि दशरथ रंगशालामा भएको खेलमा नेपाल र लाओसबीच एक-एक गोलको बराबरी भएको थियो।
नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।

