Madhes Khabar
खेलकुद

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं,२३चैतःदोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको हो । आयरल्यण्डका लागि गेभिन होइले ५० रन र नेल रकले ४५ रन बनाए ।

बलिङ्तर्फ नेपालका लागि शाहब आलम र रिजन ढकालले ३–३ विकेट तथा मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

 

Related posts

अन्तिम खेलमा पनि जनकपुरकाे हार,कर्णालीको रोमाञ्चक जित

MadhesKhabar

लगातार दोश्रो खेल जित्दै पर्सा जनकपुर मेयरकप क्रिकेटको सेमिफाइनलमा

MadhesKhabar

पाकिस्तानकाे धारिलाे बलिङ सामु भारत ११९ रनमै अलआउट

MadhesKhabar

Leave a Comment