काठमाडौं,२३चैतःदोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको हो । आयरल्यण्डका लागि गेभिन होइले ५० रन र नेल रकले ४५ रन बनाए ।
बलिङ्तर्फ नेपालका लागि शाहब आलम र रिजन ढकालले ३–३ विकेट तथा मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

