Madhes Khabar
खेलकुद

पाकिस्तानकाे धारिलाे बलिङ सामु भारत ११९ रनमै अलआउट

वीरगन्ज,२७जेष्ठ:अमेरिका र वेस्ट इन्डिजमा जारी टी-३० विश्वकप क्रिकेट प्रतियोगिताकाे आफ्नो देस्राे खेलमा पाकिस्तान विरुद्ध भारतले खराब प्रदर्शन गरेकाे छ।टस हारेर पहिले व्याटीङ गरेकाे भारतले पाकिस्तानका सामु १२० रनकाे झिनाे लक्ष्य दिएकाे छ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै ब्याटिङमा उत्रिएको भारतका ब्याट्सम्यानहरु पाकिस्तानकाे धारिलाे बलिङ सामु टिक्न सकेनन् ।भारतले १९ ओभरमा अलआउट हुदैं ११९ रन मात्र बनाएको हाे।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने अक्षर पटेलले २० ,कप्तान राेहित शर्माले १३ रन ,सुर्यकुमार यादवले ७ र विराट काेहलीले ४ रनमात्रै बनाए।

न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा पाकिस्तानका बलर हसिम रउफ र माेहम्मद अमिरले ३-३ विकेट लिए ।

Related posts

एसियाली खेलकुदमा भारतले जित्यो क्रिकेटको उपाधि

MadhesKhabar

वीरगन्जमा जारी जय ट्रफी : मधेसमाथि पुलिसको ४५ रनको अग्रता

MadhesKhabar

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

MadhesKhabar

Leave a Comment