Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी जय ट्रफी : मधेसमाथि पुलिसको ४५ रनको अग्रता

तस्बिर : क्यान

वीरगन्ज,२४पुसः जय ट्रफी मेन्स एलिट कप क्रिकेटको आफ्नो दोस्रो खेलको पहिलो दिनमा नेपाल पुलिस क्लबले मधेस प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ ।वीरगन्जको नारायणी क्रिकेट मैदानमा बुधबारदेखि सुरु दोस्रो खेलको पहिलो दिनमा मधेसविरुद्ध पुलिसले ४५ रनको अग्रता बनाएको हो ।

दुई दिवसीय र्फम्याटको खेलमा बुधबार पुलिसले ४० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६३ रन जोडे । यस्तै दिलिपनाथले ४० र अमित श्रेष्ठले ३४ रन बनाए।बलिङ्तर्फ मधेसका हरिशंकर साहले २ र अभिषेक तिवारीले १ विकेट लिए।

त्यसअघि आफ्नो पहिलो इनिङ्समा मधेसले ४२.४ ओभरमा अलआउट हुदैं १२९ रनमात्र बनाएको थियो। उसका लागि मयन यादवले ५९ रन बनाए ।मयनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध शतक हानेका थिए ।बुधबार मधेसका लागि निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन जोडे।

बलिङ्तर्फ पुलिसका गुलशन झा एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललीत राजवंशीले समान एक–एक विकेट लिए ।

यसअघि गत सोमबार सकिएको पहिलो खेलमा मधेसले बागमतीसंग र पुलिसले आर्मी क्लबसंग बराबरी खेलेका थिए ।रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप(पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

वीरगन्ज र जनकपुरमा भइरहेको प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ । सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

 

Related posts

इंग्ल्यान्डविरुद्ध आयोजक भारतको खराब सुरुवात, कोहली शुन्यमै आउट

MadhesKhabar

गुजरातमाथि दिल्लीको राेमाञ्चक जित

MadhesKhabar

तेश्राे वान डे मा वेस्ट इन्डिजलाई हराउदैं भारतले जित्याे सिरिज

MadhesKhabar

Leave a Comment