वीरगन्ज,१२बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा बुधबार राति भएकाे राेमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हराएको छ ।
दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातमाथि दिल्लीले ४ रनको जित हात पारेको हो ।
दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए ।डेबिड मिलरले २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाए ।रिद्धिमान शाहले २५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । राशिद खानले ११ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साई किशोरले ६ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए ।
दिल्लीका लागि रसिक सलामले तीन तथा कुलदिप यादवले दुई विकेट लिए । एनरिक नोर्किया र अक्षर पटेलले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
दिल्लीका लागि कप्तान रिषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित ८८ रन बनाए ।अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । ट्रिस्टन स्टब्सले ७ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २६ रन बनाए ।
गुजरातका लागि सन्दीप वारियर्सले तीन तथा नुर अहमदले एक विकेट लिए ।
नवौ खेलमा चौथो जितका साथ दिल्ली अंक तालिकाको छैठाैं स्थानमा उक्लिएको छ । नवौं खेलमा पाँचौ हारका साथ गुजरात सातौं स्थानमा झरेको छ ।
जारी संस्करणमा गत साता भएको पहिलो भेटमा पनि दिल्लीले गुजरातलाई पराजित गरेको थियो ।

