
काठमाडौं,१८असार: फ्रान्स युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा बेल्जियमकाे आत्मघाती गोल निर्णायक बन्यो ।
खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेका थिए ।सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो ।
अब फ्रान्सले पोर्चुगल र स्लोभेनियाबिचको विजेतासँग अन्तिम ८ मा भिड्नेछ ।फ्रान्स युरोकपको उपाधि दाबेदार टोली हो ।

