Madhes Khabar
खेलकुद हेडलाइन

आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

वीरगन्ज,३०चैतः वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबका ओपनर आशिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् ।वीरगन्जको नारायणी क्रिकेट मैदानमा सोमबार चलिरहेको खेलमा मधेस प्रदेशविरुद्ध ९० बलमा शतक प्रहार गरेका उनले १३७ बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

प्रधानमन्त्री कप क्रिकेट पहिलो पटक दोहोरो शतक प्रहार भएको हो । यसअघि कुनै पनि नेपाली खेलाडीले दोहोरो शतकको रेकर्ड काम गरेका छैनन् ।

आशिफ १३७ बलमा १५ चौका र १६ छक्काको मद्दतमा दुई सय रन बनाएका हुन् । १४२ बलमा २०८ रन बनाउँदै उनि रिटायर्ड हट भएका छन् ।

आशिफको दोहोरो शतकको मदतमा एपीएफले पुरा ५० ओभर खैल्दै ४ विकेटको क्षतिमा ३९० रनको विशाल योगफल तयार पारेको छ । उसका लागि सन्दीप जोराले ५६ र रोहित पौडेलले ५५ रन बनाएका छन् ।

Related posts

सिमरामा भएको बस दुर्घटनाको अपडेट : मृतक र घाइतेहरुको नाम–ठेगाना खुल्यो

MadhesKhabar

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

संविधानसभा सदस्य रामेश्वर रौनयिार काँग्रेसको साधरण सदस्यबाट समेत निलम्बित

MadhesKhabar

Leave a Comment