Madhes Khabar
शिक्षा हेडलाइन

चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप तीन दिन जाडो विदा

वीरगन्ज,७ माघ : चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा जाडो विदा थपेको छ । शीतलहरसंगै बढ्दै गएको चिसो मौसमलार्य मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा थप ३ दिनका लागि जाडो विदा दिएको हो ।

आइतबार महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले आइतबार जारी गरेको सूचनामा माघ ८ गते सोमबारदेखि माघ १० गतेबुधबारसम्म थप तीन दिन वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको उल्लेख छ ।

यसअघि महानगरपालिकाले पहिलो पटक पुष २३ गतेदेखि पुष २९ गतेसम्म ७ दिन र त्यसपछि माघ २ गतेदेखि माघ ४ गतेसम्म जाडो विदा थप गरेको थियो ।

तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।

 

Related posts

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

MadhesKhabar

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विधालयहरु साउन २० गते सम्म बन्द

MadhesKhabar

Leave a Comment