Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

मधेस प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडकाे बजेट

जनकपुर,१असार:मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख अर्थात ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख अर्थात ६४. ३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

अगामी आर्थिक वर्षको अनुमानित खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख व्यहोर्ने अर्थमन्त्री भट्टराईले जानकारी दिए । न्यून रहेको १ अर्ब ५० करोड रकम आन्तरिक ऋणबाट पूर्ति गरिनेछ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानतर्फ वित्तीय समानिकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, स:र्सत अनुदानबापत ८ अर्ब १० करोड २८ लाख, समपुरक अनुदानबापत ९४ करोड ७४ लाख र विशेष अनुदानबापत प्राप्त हुने ७० करोड गरी जम्मा १७ अर्ब ६९ करोड २७ लाख प्राप्त हुने बजेटमा अनुमान गरिएको छ । त्यस्तै, संघीय राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।

Related posts

बीएचसी मेडिकल कलेजमा ‘राष्ट्रिय नर्सीङ दिवस’: नर्सीङ पेशाप्रति निस्वार्थ भावले समर्पित हुने खुवाइयो कसम

MadhesKhabar

वीरगन्ज जेसीजले दलित बालबालिकाहरुलाई बाँड्यो शैक्षिक सामग्री

MadhesKhabar

मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग

MadhesKhabar

Leave a Comment