वीरगन्ज,५बैशाखःवीरगन्ज जेसीजले दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वीरगन्ज जेसीज सप्ताह २०२५ कार्यक्रम अन्तर्गत शुक्रबार वीरगन्ज जेसीजले ५० जना दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ मा सृजनात्मक समाज फाउन्डेसन नेपाल र वीरगन्ज जेसीजको सहकार्यमा दलित बालबालिकाहरुका लागि सञ्चालित निःशुल्क ट्युसन केन्द्रका ५० जना दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले जानकारी दिए ।
निःशुल्क ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर राम र वडाका जनप्रतिनिधिहहरुको उपस्थितिमा दलित बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको उनले बताए ।
चौरसियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वीरगन्ज जेसीजका पूर्व अध्यक्षहरु गणेशमान श्रेष्ठ , अशोक गुप्ता ,अरविन्द श्रेष्ठ ,महासचिव रविन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक रामानन्द चौधरी, कार्यसमिति सदस्यहरु लगायतकाकोपनि सहभागिता थियो ।
वीरगन्ज जेसीज सप्ताह २०२५ अन्तर्गत वीरगन्ज जेसीजले बिहीबार वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, बुधबार वीरगन्ज पब्लिक कलेजका विद्यार्थीहरुका लागि उत्प्रेरण तालिम ,मंगलबार वीरगन्जका स्थानीय कलाकारहरुलाई सम्मान लगायतका कार्यक्रमहरुपनि गरेको थियो ।

