वीरगन्ज,४माघ:जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा सञ्चालित सामुदायिक तथा निजी अस्पतालमा सुधारका लागि ती स्वास्थ्य संस्थाका सञ्चालक र प्रमुहरुलाई छलफलका लागि बाेलाएकाे छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छलफलका लागि उपस्थित हुन स्वास्थ्यक्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुलाई बोलाएका हुन् ।
पर्साका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गर्न माघ ६ गते आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थिति हुन सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्वास्थ्य कार्यालय पर्सा, नेपाल चिकित्सक संघ नारायणी सहित पर्साका ४२ वटा समुदायिक र निजि अस्पतालका सञ्चालक,व्यवस्थापक र प्रमुखहरुलाई अनिवार्य रुपमा उपस्थित हुन भनेका छन् ।

