Madhes Khabar
राजनीति हेडलाइन

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

फोटो : नयाँपत्रिकाबाट

वीरगन्ज, २५ असोज : पर्सामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ। जिल्लामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको छ । तर पपर्साका आधा दर्जन भन्दा उम्मेदवारहरुले आफैलाइ भोट हाल्न नपाउने भएका छन् ।

सत्तागठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई भोट हाल्न नपाउने भएका छन्। उनी क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाउँपालिका–२ जानकी टोलाका मतदाता हुन्। यसअघि उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नम्बर १ को (ख) मै सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका छन्। उनी क्षेत्र नम्बर १ (क)मा पर्ने वीरगन्ज महानगरपालिका–१४ पिपराका बासिन्दा हुन्।

यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर २ (क)मा उम्मेदवारी दिएका कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न पाउनेछैनन् । पटेलको घर क्षेत्र नम्बर २ (ख)मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ । त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ (क)मा उम्मेदवारी दिएका माओवादी केन्द्रका छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउँदैनन्। उनी क्षेत्र नम्बर ३ (ख)मा पर्ने बिन्दबासिनी गाउँपालिका–५ हासवाका मतदाता हुन्।

क्षेत्र नम्बर ३ (ख)मा उम्मेदवारी दिएका कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरिले पनि आफूलाई भोट हाल्नेछैनन्। क्षेत्री क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का र गिरि वडा नम्बर ५ का स्थायी बासिन्दा हुन्।

सत्तागठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ४ (ख)मा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारी क्षेत्र नं १ (ख)मा पर्ने वीरगन्ज महानगरपालिका–४ की वासिन्दा हुन्। उनले पनि आफैँलाई मत दिन पाउनेछैनन् । साभार : नयाँपत्रिका ( पत्रकार तिवारी यादव)

Related posts

आगामी चुनावमा हतारमा गठबन्धन नगर्न काँग्रेस नेतृत्वलाइ शेखर कोइरालाको सुझाव

MadhesKhabar

नयाँ वर्षमा वीरगन्जमा तीन दिने रात्री बजार सुरु ,सांसद यादवले गरे मेयर सिंहकाे प्रशंसा

MadhesKhabar

पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन

MadhesKhabar

Leave a Comment