Madhes Khabar
राजनीति

आगामी चुनावमा हतारमा गठबन्धन नगर्न काँग्रेस नेतृत्वलाइ शेखर कोइरालाको सुझाव


फाइल फोटो

मधेसखबर
वीरगन्ज,३१असार : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा अरु दलसंग गठबन्धन नगर्न पार्टि नेतृत्वलाई सुझाव दिएका छन् ।

जनकपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कोइरालाले स्थानीय तह निर्वाचन र संसदीय निर्वाचन फरक रहेकाले आगामी निर्वाचनमा हतारमा गठबन्धन नगर्न पार्टी सभापति शेर बहादुर देउवालाइ आग्रह गरेका हुन् ।

देशभरका अधिकांश कांग्रेसी नेता कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको दावी गर्दै कोइरालाले भने ,‘ मधेसका जिल्ला सभापतिहरू पनि गठबन्धनको पक्षमा छैनन् ,तर गठबन्धन नै गर्नुपर्ने अवस्था आयो भने अरु दललाइ न्यूनतम सिट दिएर मात्रै काँग्रेसले गठबन्धन गर्नुपर्छ ।’

उननले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने अन्यथा त्यसको नकरात्मक परिणाम पार्टीले देशैभर भोग्नु पर्ने अवस्था आउन सक्ने पनि बताए ।

Related posts

उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई रास्वपाको समर्थन

MadhesKhabar

सर्वदलीय बैठकको निष्कर्ष: तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

MadhesKhabar

बारा २ मा सत्ताको बन्दूकको बलमा चुनाव गराइएको सिके राउतको आरोप

MadhesKhabar

Leave a Comment