Madhes Khabar
राजनीति

उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी ठाकुरलाई रास्वपाको समर्थन

काठमाडौं,२६चैतः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ,’ अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्छ । जनभावनाअनुसार जानुपर्छ भन्ने दृष्टिकोणबाट यो निर्णय भएको छ ।’रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरी समर्थक रहने जनाएको छ ।

उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।

Related posts

रेशम चौधरीको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

MadhesKhabar

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनाेनित

MadhesKhabar

वीरगन्जमा वरिष्ठ उपाध्यक्ष पोखरेल भने : कांग्रेससंग मिलेर अहिलेको सरकार फेर्ने पक्षमा एमाले छैन

MadhesKhabar

Leave a Comment