Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरको नगरसभा असार ८ देखि १० सम्म

वीरगन्ज,५असारःवीरगन्ज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म तीन दिनसम्म हुने भएको छ। मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले नगरसभा असार ८ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको तीन सूत्रीय माग सम्बोधन भएपछि नगरसभाको मिति तोक्न सहमति भएको एकजना वडाध्यक्षले बताए।

बैठकमा वडाध्यक्षहरूले यसअघि उठाएका तीन सूत्रीय मागमध्ये वडाको बजेट वृद्धि गर्ने विषयमा ३८ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ। यसैगरी, वडाध्यक्षहरूले वडाको बजेट वडाबाट खर्च गर्न पाउनुपर्ने मागलाई सम्बोधन गर्न महालेखापरीक्षकलाई लेखी पठाएर स्वीकृति लिने निर्णय पनि गरिएको छ।

सरसफाइको सन्दर्भमा भने असार मसान्तसम्म यथास्थितिमा राखिने र त्यसपछि निर्णय गरिने बताइएको छ। वडाध्यक्षहरूले वडास्तरको सफाइ वडापालिकाको कार्यालयबाट गरिनुपर्ने र त्यसका लागि पाँचजना सफाइकर्मी र एकजना ट्याक्टर चालकको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

बैठकले यथार्थपरक बजेट ल्याउने निर्णय पनि गरेको छ। आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट एक अर्ब ८४ करोडभित्र हुने अनुमान गरिएको छ। यो नगरसभाले वीरगन्ज महानगरपालिकाको विकासका विभिन्न महत्वपूर्ण योजनाहरूलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Related posts

भारत हुदै खाडी मुलुक जान लागेका चार महिलासहित ५ जना ठाेरी नाकाबाट पक्राउ

MadhesKhabar

वीरगन्जकाे छपकैयामा एक महिलाकाे हत्या

MadhesKhabar

भोजपुरी एल्बम सुटिङको कांग्रेस युवा नेता सिंहले गरे शुभारम्भ

MadhesKhabar

Leave a Comment