Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

थारु समुदायले यसपालि पनि वीरगन्जमा खिंचडी समारोह आयोजना गर्दै

मधेसखबर
वीरगन्ज,३०पुसः थारु समुदायले वीरगन्जमा यसपालि पनि थारु सम्बत २६४७ एंव खिंचडी (माघी) पर्ब भव्यताका साथ मनाउने भएको छ । माघ १ गते आइतबार खिंचडी (माघी) मूल समारोह समितिले वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा माघी समारोह आयोजना गर्न लागेको हो ।

शनिबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा पत्रकार सम्मेलन गरेर माघी मूल समारोह समितिले आइतबार आयोजना गर्न लागिएको खिंचडी (माघी ) समारोहका बारेमा जानकारी गराएको हो ।

खिंचडी समारोहमा आइतबार रक्तदान कार्यक्रम , थारु सांस्कृतिक झलक (घाटो, समाचकेवा, झम्टा नाच ) प्रस्तुती आयोजना गर्नुका साथै महोत्सवस्थलमा थारु, मधधेसी , नेवार , मारवाडी ,मैथली समुदायमा लोकप्रिय रहेका खानाका विभिन्न परिकारहरुको स्टल पनि राखिने कार्यक्रमका संयोजक रामसुन्दर चौधरीले जानकारी गराए । खाना स्टलमा घोङ्गी, केकडा(गंगटो), माछा, हाँस, कुखुरा र परेवाको मासु , चिचर , तिल र भुजाको लड्डु इत्यादिका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिने समितिले जनाएको छ ।

आइतबार बिहान ११.३० बजे घण्टाघर चोकबाट प्रभातफेरि निकालिने पनि चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
रौतहटको गुजरा नगरपालिकाको लक्ष्मी प्राविका जग्गादाता एंव समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा हुने माघी महोत्सवमा पर्सा , बाराका थारु समुदायका अगुवाका साथै सामाजिक अभियन्ता , राजनीतिक दलका प्रतिनिधी , संघसंस्थाका प्रतिनिधी लगायतको पनि सहभागीता रहने संयोजक चौधरीले जानकारी गराए ।

 

Related posts

वीरगन्जका सरकारी विद्यालयका विद्यार्थीको हौसला बढाउन ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरु

MadhesKhabar

वीरगन्जमा हिन्दुवादीहरुकाे प्रदर्शन, बजार बन्द,ठाँउ ठाँउमा झडप

MadhesKhabar

मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

MadhesKhabar

Leave a Comment