Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

थारु समुदायले यसपालि पनि वीरगन्जमा खिंचडी समारोह आयोजना गर्दै

मधेसखबर
वीरगन्ज,३०पुसः थारु समुदायले वीरगन्जमा यसपालि पनि थारु सम्बत २६४७ एंव खिंचडी (माघी) पर्ब भव्यताका साथ मनाउने भएको छ । माघ १ गते आइतबार खिंचडी (माघी) मूल समारोह समितिले वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा माघी समारोह आयोजना गर्न लागेको हो ।

शनिबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा पत्रकार सम्मेलन गरेर माघी मूल समारोह समितिले आइतबार आयोजना गर्न लागिएको खिंचडी (माघी ) समारोहका बारेमा जानकारी गराएको हो ।

खिंचडी समारोहमा आइतबार रक्तदान कार्यक्रम , थारु सांस्कृतिक झलक (घाटो, समाचकेवा, झम्टा नाच ) प्रस्तुती आयोजना गर्नुका साथै महोत्सवस्थलमा थारु, मधधेसी , नेवार , मारवाडी ,मैथली समुदायमा लोकप्रिय रहेका खानाका विभिन्न परिकारहरुको स्टल पनि राखिने कार्यक्रमका संयोजक रामसुन्दर चौधरीले जानकारी गराए । खाना स्टलमा घोङ्गी, केकडा(गंगटो), माछा, हाँस, कुखुरा र परेवाको मासु , चिचर , तिल र भुजाको लड्डु इत्यादिका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिने समितिले जनाएको छ ।

आइतबार बिहान ११.३० बजे घण्टाघर चोकबाट प्रभातफेरि निकालिने पनि चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
रौतहटको गुजरा नगरपालिकाको लक्ष्मी प्राविका जग्गादाता एंव समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा हुने माघी महोत्सवमा पर्सा , बाराका थारु समुदायका अगुवाका साथै सामाजिक अभियन्ता , राजनीतिक दलका प्रतिनिधी , संघसंस्थाका प्रतिनिधी लगायतको पनि सहभागीता रहने संयोजक चौधरीले जानकारी गराए ।

 

Related posts

वीरगन्जमा फेरि सुक्न थाले चापाकल, पानीको समस्या पोहोरको भन्दापनि विकराल हुने आकलन

MadhesKhabar

सिके राउतकाे शपथ थप विवादित : आयाेगले संसद सचिवालयलाई साेध्याे स्पष्टीकरण

MadhesKhabar

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति रवि लामिछाने

MadhesKhabar

Leave a Comment