Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

मधेसखबर
वीरगन्ज ,१८ कार्तिक : हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज शुक्रबार मनाइँदैछन् ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।

Related posts

गर्मीले बालबालिकालाई समस्या परेपछि बिहानी कक्षा सञ्चालन गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

आर्थिक मन्दीले वीरगन्ज भन्सारकाे राजश्व संकलनमा भारी गिरावट

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगन्जका माछा,मासु र मदिरा पसल बन्द गर्न हिन्दु परिषदकाे आग्रह

MadhesKhabar

Leave a Comment