Madhes Khabar
स्थानिय

बारामा २ क्विन्टल ६२ केजी गाँजासहित भारतीय ट्रक पक्राउ

वीरगन्ज ,१५असार: बारामा प्रहरीले लागु ओैषध गाँजा २ क्विन्टल ६२ किलो सहित एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ।

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सडकमा पर्किङ गरि राखिएको बीआर २५ जीए १४५८ नम्बरको ट्रकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा ट्रकमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २ क्विन्टल ६२ किलो गाँजा बरामद भएको गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए।

गाँजासहितकाे ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रकका चालक भने फरार भएकोले उनको खोजी कार्य भईरहेको पाण्डेले बताए।

Related posts

वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह

MadhesKhabar

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

MadhesKhabar

मेयर सिंहको ३ वर्षे कार्यकाल : बन्दैछ ‘बैभव वीरगन्ज’

MadhesKhabar

Leave a Comment